खोजि गर्नुहोस..

महानगर र उपमहानगरमा चुनावी तालमेल बेलुकासम्म टुंगो लाग्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महानगर र उपमहानगरमा चुनावी तालमेलमा बेलुकासम्म टुंगो लगाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल गरेर टुंगो लगाउने बताए ।

‘हामी बेलुकासम्म देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । झण्डै झण्डै महानगर टुङ्गिनेको नजिक पुगेको छ । यस पत्रकार सम्मेलनमा गठबन्धनको बैठकबाट आएको हुँ । यहाँबाट सिधै गठबन्धनको बैठकमा जान्छु’ प्रचण्डले भने, ‘मलाई विश्वास छ । हामीले बेलुकासम्म महानगर र उपमहानगर गठबन्धनभित्र तालमेल बारे एउटा निष्कर्षमा पुग्छौ ।’ नगरपालिका र गाउँपालिकाको विषयमा भोलि बेलुकासम्म निष्कर्षमा पुग्ने कोसिस गरिने प्रचण्डले बताए । ‘नगरपालिका र गाउँपालिका सबैको अधिकार प्रत्यायोजन गरेर तल दिएकै छौ ।  आज बेलुकासम्म तलको रिर्पोट केन्द्रीत गर्ने भनिएको छ । हामीले सकेसम्म भोलिसम्म निष्कर्षमा पुग्ने कोसिस गर्छौ’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *