खोजि गर्नुहोस..

लुम्बिनी प्रदेशमा ३ सय ४४ वटा अति संवेदनशील मतदान केन्द्र

लुम्बिनी प्रदेशमा ३ सय ४४ वटा अति संवेदनशील, ६५५ वटा संवेदनशील र ६३० वटा सामान्य मतदान केन्द्र रहेका छन् । लुम्बिनी प्रदेशका ६ जिल्ला भारतको उत्तरप्रदेश र बिहारसँग जोडिएका छन् । खुला सीमा निर्वाचनको बेला चुनौती हुनसक्छ । भारतीयबाट हतियारहरू नेपाल भित्रिन सक्ने विश्लेषण सुरक्षा संयन्त्रको छ । चुनावमा आफ्नो पक्षमा जनमत पार्न भारतीय व्यक्तिहरू पनि प्रयोग हुनसक्ने अधिकारीहरूको विश्लेषण छ ।

लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुकुम र सल्यान विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पकड भएको क्षेत्र छ । समूहले तय गर्ने रणनीतिले समग्र प्रदेशको सुरक्षा चुनौतीलाई फरक पार्ने रिपोर्टिङ सुरक्षा संयन्त्रको छ ।चुनावमा होमिएकै पार्टीबीच हुने कलहले पनि सुरक्षा चुनौती थप्न सक्ने भनिएको छ । पार्टी–पार्टीबीचको विवादले झडप र कुटपिटको परिस्थिति सिर्जना हुनसक्ने आकलन गरिएको छ ।लुम्बिनीका १२ जिल्लामध्ये बाँकेमा सबभन्दा बढी ११२ मतदान स्थल अति संवेदनशील समूहमा परेका छन् । रूपन्देहीमा ६२, प्यूठानमा ३६, रोल्पामा २९ र कपिलवस्तुमा २० वटा मतदान केन्द्र अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *