खोजि गर्नुहोस..

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश : नेपाल ८४औँ नम्बरमा

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा यथावत् रहेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा परेको हो । योसहित फिनल्यान्ड लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा पर्न सफल भएको छ । प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरेको छ । सार्वजनिक प्रतिवेदनमा एक सय ४६ देशलाई समेटिएको छ ।

सूचीमा डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् । नेपाल ८४ औँ स्थानमा छ । चीन ७२ औँ र भारत एक सय ३६ औँ स्थानमा छ । प्राविधिक कारण भुटानलाई सूचीमा नसमेटिएको प्रतिवेदनमा उल्लेख छ । सूचीअनुसार अफगानिस्तान पुछारमा छ । त्यसअगाडि क्रमशः लेबनान, जिम्वाबे, रुवान्डा र बोत्स्वाना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *