खोजि गर्नुहोस..

नेपाललाई यूएईले १ सय ६९ रनकाे लक्ष्य दियाे, साेमपालले ४ र करणले ३ विकेट लिए

काठमाण्डाै  । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ६९ रनकाे लक्ष्य दिएकाे छ ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनायाे । यूएईका लागि राेहन मुस्तफा र चुन्दनग्यापाेएल रिजवानले समान ४०/४० रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले दुई विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक/एक विकेट लिए । घरेलु टोली यूएईसँगको आज शुक्रवारको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ ।

यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई सात विकेट हराउँदा नेपालले दुई विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो । अङ्क तालिकामा नेपाल नाै खेलमा पाँचमा जित र चारमा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ । यूएई १५ खेलमा आठमा जित र पाँचमा हारसहित १८ अङ्कका साथ दोस्रो स्थानमा छ । सात देश सहभागी यो शृङ्खलामा ओमान २७ खेलमा १७ मा जित र आठमा हारसहित ३६ अङ्कका साथ शीर्षस्थानमा छ ।  अब नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८ मा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने तालिका छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *