खोजि गर्नुहोस..

पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागदै, फेरि बढ्यो विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य

पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागेको छ । विश्व बजारमा आज कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलरसम्म पुगेको छ । आज ब्रन्ट क्रुडको ११८, ओपेक बास्केटको ११७, डब्लुटिआई क्रुडको ११५, बोनी लाइटको ११५ डलर प्रति ब्यारल पुगेको छ ।युक्रेन संकटबाट नै तेलको मूल्य उकालो लागेको थियो । रुसले युक्रेनमाथि हमला गरेपछि तेलको मूल्य झन् आकाशिएको छ । मूल्य बढेर केही दिनमै १२५ डलर प्रति ब्यारल पुग्ने प्रक्षेपण भएको छ । मूल्य वृद्धिको असर नेपालमा पनि परेको छ । नेपाल आयल निगमले निरन्तर तेलको मूल्य वृद्धि गरिरहेको छ । अझै पनि निगम घाटामा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *