खोजि गर्नुहोस..

एमसीसीमा कमा र फुलिस्टप समेत परिवर्तन नभएको : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीमा कमा र फुलिस्टप समेत परिवर्तन नभएको बताएका छन् । ज्ञवालीले भने, “अघिल्लो दिनसम्म सडकमा उपद्रो मच्चाउने गठबन्धनका दलहरु रातारात कसरी युटर्न भए ? एमसीसीको विषय जस्ताको तस्तै छ । त्यसमा कमा र फुलिस्टप समेत परिवर्तन भएको छैन । केही नेताको लाज छोपिदिन बनाएको कागज मान्न के अमेरिका तयार हुन सक्छ ? नेपालको संसद्ले पास गरेको कुरा अमेरिकाले मान्छ भन्ने बेकारको कुरा हो ।” सत्ता गठबन्धनका दलहरुले भ्रम सिर्जना गरी समाजलाई विभाजित गरेको आरोप पनि ज्ञवालीले लगाए । एमसीसी पास नगरे सभामुखको पद जाने भयो, माधवकुमार नेपाललगायत १४ सांसदको पद जाने भयो भनेको होइन प्रचण्डले ? उहाँहरु मनको भयले आफ्नै छायासँग तर्सिनुभएको होइन ?”
एमसीसीमा नेकपा एमालेले मौनता नसाँधेको पनि नेता ज्ञवालीको कथन छ । उनले भने, “२०७४ भदौमा एमसीसीमा हस्ताक्षर हुँदा हामी सरकारमा थिएनौं । यो सम्झौता कांग्रेस र माओवादी गठबन्धनले गरेको हो । हामीले त्यो सरकार बदलिएसँगै अन्तर्राष्ट्रिय सम्बन्धलाई राजनीतिक हतियारको विषय बनाउनुहुँदैन भनेर संसद्मा लगेकै हौं । तर त्यसमा प्रचण्डजीहरुले अवरोध सिर्जना भयो । हामले त चुच्चे नक्साको बेला जस्तै सबै पक्षलाई एकजुट गरेर टुंग्याउन चाहेका थियौं ।

“माधव नेपाल भनेको ऐँजेरुजस्तै हो । जसको अस्तित्व अर्काको आङमा चढेर बाँचिरहेको हुन्छ, उसैले अरुलाई समाप्त गर्छु भन्नु उदेकलाग्दो कुरा हो । पहिले गठबन्धनबाट अलग रहेर कुनै स्वतन्त्र निर्णय गरेर देखाउनुस् न । कसैले सिध्याएर एमाले सकिँदैन । आफ्नो धरातल, विचार र लक्ष्य बिस्र्यौं भने मात्र सकिने कुरा हुन्छ । अहिले माधव नेपाल र प्रचण्डहरु केपी ओलीको भूतबाट तर्सिएको स्थिति छ । अब कांग्रेससँग एकता गरेर रुख चिह्न लिएर लडे पनि हामीलाई आपत्ति हुँदैन ।”
अर्को प्रसंगमा ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले पदीय गरिमा कायम गर्न नसकेकाले राजीनामा दिनु श्रेयस्कर हुने पनि बताए । ज्ञवालीले भने, “सभामुखलाई महाभियोग लगाउनेबारे हामीले निर्णय गरिसकेका छैनौं । यसबारे छलफलमै छौं ।सभामुख भनेको सरकार र संसद्बीचको पुल हो, पर्खाल होइन । स्रेस्ता मिल्यो कि मिलेन हेर्न सक्नुहुन्छ । उहाँलाई कार्यकारी अधिकार छैन । सभामुख पार्टी विभाजनको भूमिका खेल्नुहुन्छ कि हुँदैन ? उहाँले पदको गरिमा कायम राख्न सक्नुभएन । अब उहाँले राजीनामा गर्नु राम्रो हुन्छ । अन्यथा थप कदम अगाडि बढ्छ । ज्ञवालीले सभामुखलाई हटाउने विषयमा नेपाली कांग्रेससँग कुनै सहमति नभएको पनि बताए ।”

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *