खोजि गर्नुहोस..

माओवादी बैठकमा व्याख्यात्मक घोषणामा एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि रहने प्रष्ट उल्लेख

काठमाण्डाै । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा आज आइतवार अमेरिकी सहायता परियोजना एमसीसीको व्याख्यात्मक घोषणा पढेर सुनाइएको छ । प्रमुख सचेतक देव गुरुङले ११ बुँदे घोषणा पढेर सुनाउनुभएको छ ।

आजै बस्ने प्रतिनिधि सभाको बैठकबाट अनुमोदन गर्नका लागि सत्ता गठबन्धनका दलले एमसीसीको व्याख्यात्मक घोषणा तयार पारेका छन् । यो घोषणालाई मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेस गर्ने र संसदबाट सङ्कल्प प्रस्तावको रूपमा पारित गर्ने तयारी छ । प्रमुख सचेतक देव गुरुङले वाचन गरेको व्याख्यात्मक घोषणामा एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि रहने प्रष्ट उल्लेख गरिएको छ । यस्तै बौद्धिक सम्पत्तिमा नेपालकै हक लाग्ने, लेखापरीक्षण पनि नेपालको कानुनअनुसार हुने विषयलाई ग्यारेन्टी गरिएको छ । एमसीसी सम्झौता इन्डो प्यासिफिक स्ट्रेटेजी आईपीएस लगायत कुनै पनि सैन्य सम्झौताबाट टाढा रहेको सैन्य सम्झौतामा एमसीसी नबाँधिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *