खोजि गर्नुहोस..

जसपाको कार्यकारिणी समितिको बैठक ललितपुरमा सुरु, जसपा कार्यकारिणी बैठक सुरु गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक ललितपुरमा सुरु भएको छ । शुक्रबार सुरु भएको बैठकमा विभिन्न १२ एजेन्डामा छलफल भइरहेको नेताहरुले बताएका छन् । आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिइने बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘अध्यक्ष उपेन्द्र यादव गठबन्धनको बैठक सकेर आएसँगै कार्यकारिणी बैठक सुरु भएको छ,’ ती नेताले भने, ‘बैठकमा एमसीसी सम्झौता र अन्य एजेन्डाहरूमा छलफल हुनेछ ।’

शनिबार पाँच घण्टा लामो चलेको छलफलमा एमसीसीको विषयमा छलफल नै भएको थिएन । आइतबार सत्तारुढ गठबन्धनले एमसीसी सम्झौतालाई केही व्याख्यात्मक घोषणा गरेर संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि जसपाको बैठक बस्न लागेको हो । सत्तारुढ गठबन्धनमा रहेका दलहरु एमसीसीका विषयमा विभाजित भइरहँदा सत्ता गठबन्धनमै रहेको जसपाले हालसम्म एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छैन । शनिबार जसपा बैठकमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी सिफारिस गर्दा कसको हस्ताक्षर चलाउने भन्ने विषयमा विवाद भएको थियो । बैठक लगत्तै पार्टीका शीर्ष तीन नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईले अनौपचारिक संवाद गरेर यससम्बन्धी विवाद टुंग्याइसकेको जसपा स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *