खोजि गर्नुहोस..

एमसीसीको विरोधमा माओवादीkaa कार्यकर्ताहरुले आज पनि बानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले आज पनि काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरेका छन् । युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै केहीबेर नाराबाजी गरेका छन् ।

तर उनकै पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका पाँच नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले भने विरोध जनाएका छन् । माओवादी बैठकलगत्तै बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसीलाई आजै संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ । एमसीसी विरुद्धको प्रदर्शनमा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *